सतुङगलमा खुल्यो तीन करोडको लगानीमा वर्कसप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सतुङगलमा खुल्यो तीन करोडको लगानीमा वर्कसप



काठमाडौ । आईरस कमर्शियल भेईकल कम्पनीको नेपालकालागि आधिकारीक बिक्रेता बतास अर्गनाईजगेसन अन्तर्गतको ईष्ट्रन एजेन्सीजले आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ ।

सो अबसरमा कम्पनीले काठमाडाैको सतुङगलमा तीन करोडको लगानीमा वर्कसप उद्घाटन गरेको छ । वर्कसपले दैनिक १२ वटा गाडीलाई सेवा दिने जनाएको छ । एजेन्सीजले निर्माण क्षेत्रमा प्रयोग हुने ८ देखि २५ टन क्षमताका टिप्परहरुको सामुहिक प्रर्दशनी समेत सम्पन्न गरेको छ । मेलामा टिप्पर बुकिङ गर्ने १० जना उपभोगकर्तालाई चाबी हस्तान्तरण गरेको छ ।

प्रर्दशनमा राखेका भल्भो ग्रुपका आईसर टिप्परहरु इन्धन कम खपत हुने, टुटफुट भएको खण्डमा कम खर्चमा निर्माण गर्न सकिने, उकालो, अप्ठयारो बाटोमा सजिलै जान सक्ने बताइएको छ । ईष्ट्रन एजेन्सीजले देशभरका १७ वटा वर्कसपहरु तथा एक सय भन्दा बढी स्पेयरपार्टस रिटेलरहरु मार्फत सेवा दिइरहेको छ ।

 

सवारी प्रयोग कर्तामा कुनै समस्या परेको खण्डमा उक्त समस्या समाधान गर्न २४ सै घन्टा टोल फ्रि नम्बर समेत सञ्चालन गरेको छ ।

प्रकाशित : १ पुष २०७४, शनिबार १५:०८