अभिनेता राजेश हमालको बधाई खादै अोलीले भने – अभिनयले देश बन्दैन ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

अभिनेता राजेश हमालको बधाई खादै अोलीले भने – अभिनयले देश बन्दैन !



काठमाडाै । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा त्यसका नेतृत्वकर्ता नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अभिनेता राजेश हमालले बधाई दिएका छन् । हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महा यात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका हुन् ।

शनिवार ओली निवास बालकोट पुगेर हमालले अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए । अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए ।

 

‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

हमालसामु ओलीले फिल्म हिरोहरुले फिल्ममा अभिनय मात्र होइन, देश बनाउनका लागि भूमिका निवार्ह गर्नुपर्ने तर्क गरे। ‘देश निर्माणका लागि अभिनय मात्र होइन तपाईंहरुबाट साँच्चीकै सहयोगको अपेक्षा गरिएको छ ’ हमाललाई ओलीले भने। फिल्मी नेपालबाट

प्रकाशित : १ पुष २०७४, शनिबार १५:२१