काठमाडाैका यी स्थानमा उपलब्ध छ‘फ्री वार्इफार्इ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडाैका यी स्थानमा उपलब्ध छ‘फ्री वार्इफार्इ’



काठमाडौं।काठमाडौ महानगरपालिकाले केही स्थानमा ‘फ्री वार्इफार्इ’ सेवा सुरु गरेको छ।महानगरका ११ वडा कार्यालयमा नि:शुल्क वार्इफार्इ सेवा सुरु भइसकेको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा ६,७,८,९,११,१२,१३,१६,२१,२६ र ३२ कार्यालयहरुमा फ्रि वार्इफार्इ सेवा सञ्चालनमा आइसकेको जानकारी दिए।

 


उनका अनुसार राष्ट्रिय सभागृह,महानगरको केन्द्रिय कार्यालय सुन्धारा,लगायतका स्थानमा फ्री वार्इफार्इ जोन’बनार्इसकेको छ।उनले सार्वजनिक स्थल,पार्क,धार्मिक सम्पदा लगायतका स्थानहरुमा ‘फ्री वार्इफार्इ जोन’बनाउने योजना अगाडि बढाएको बताए।आगामी एक बर्षभित्र महानगरक्षेत्र भित्रका सबै सार्वजनिक स्थल,सम्पदा,पार्क,वडा कार्यालयहरुलार्इ फ्रि वार्इफार्इ जोन बनाउने लक्ष्यका साथ काम भैरहेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए।

प्रथम चरणमा सबै वडा कार्यालयका भवनहरुमा ‘फ्री वार्इफार्इ जोन’ बनाउने काम भैरहेको महानगरपालिकाले जनाएको छ।बालाजु बार्इसधारा पार्कमा फ्रि वार्इफार्इ राख्नका लागि टेण्डर मूल्यांकन भइरहेको महानगरले जनाएको छ। हनुमानढोका दरबार क्षेत्र,वसन्तपुर,बौद्धनाथ,स्वयम्भु, लगायतका स्थानमा फ्री वार्इफार्इ राख्ने प्रक्रिया अघि महानगरका सहप्रवक्ता ढकालले जनाकारी दिए।

प्रकाशित : १ पुष २०७४, शनिबार १८:१४