यी दिनहरुमा हुन्छ महिलालाई सबैभन्दा बढी यौन चाहना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

यी दिनहरुमा हुन्छ महिलालाई सबैभन्दा बढी यौन चाहना



एजेन्सी । गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको मुड अनुसार उनीहरुको प्रजनन क्षमता हुने देखाएको छ ।

डेली मेलमा प्रकाशित शोधका अनुसार महिलाको मुड र उनीहरुको प्रजनन क्षमताबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । शोधकर्ताहरुले महिलाहरुको मुड अनुसार नै उनीहरु गर्भवती हुने कि नहुने भन्ने कुरा निर्धारण हुन्छ । महिलाको मुड पनि शरीरमा हुने हर्मोनको परिवर्तनसँग सम्बन्धित हुन्छ । पुरुषलाई भने यसको फाइदा भन्दा बढी नोकशान हुने शोधकर्ताको भनाइ छ ।

 

महिनाबारीको चक्रमा ओभ्युलेसन भनिने अवधिमा महिलाहरु सबै भन्दा रोमान्टिक हुने अध्यनको निष्कर्ष छ । यो समयमा महिलाहरुको सेक्स हर्मोन बढ्छ र उनीहरु पुरुषहरुप्रति आकर्षित हुन्छन् । शोधका अनुसार उत्पादक समयमा महिलाहरुको शरीर नै त्यसरी तयार हुन्छ जहाँ उनीहरु मुड फ्रेश मात्र हुँदैनन् रोमान्टिक पनि हुन्छन् ।

ओभ्युलेशन साइकलको समयमा महिलाहरु प्रकृतिकरुपमा नै पुरुषप्रति आकर्षित हुन्छन् । बढी खुसी हुन्छन् । र ओभ्युलेसनको समयमा गर्भधारणको सम्भावना पनि अधिक हुन्छ । यस्तो अवस्थामा महिलाहरुको शरीरमा एस्ट्रोजनकव नामक सेक्स हर्मोन दिमागमा समेत असर गर्छ । यस्तो अवस्थामा उनीहरुलाई यौन चाहाना मात्र बढी हुँदैन गर्भधारणको शक्ति पनि बढी हुन्छ ।

प्रकाशित : १ पुष २०७४, शनिबार २०:४७