मुक्तिनाथ विकास बैंकले ल्यायो गजबको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैंकले ल्यायो गजबको योजना



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सुपर प्रिमियम वचत तथा ट्रिपल २ ट्रिपल धमाका वचत योजना ल्याएको छ । १२ औं वर्षमा प्रवेश गरेको अवसर पारेर बैंकले यस्तो योजना ल्याएको हो ।

बैंक पुस १९ गते १२ औं वर्षमा प्रवेश गर्दै छ । बैंकले यस निक्षेप योजनामा ११ प्रतिशतसम्म ब्याज दिने छ । यस योजनाअन्तर्गत न्यूनतम मौज्दात ५ हजार रुपैयाँमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक ब्याज भुक्तानी हुने बैंकले जानकारी दिएको छ ।

२२२ दिने मुद्दतीखातामा न्यूनतम १ लाख रुपैयाँमा वार्षिक ११.०० प्रतिशत त्रैमासिक रुपमा बैंकले ब्याज दिने घोषणा गरेको छ । यस योजनाअन्तर्गत खाताखोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ तथा निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने छन् ।

योजना पुस २ गतेदेखि सुरु भई सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ । व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरु यो योजनामा सहभागी हुन पाउने छन् ।

प्रकाशित : १ पुष २०७४, शनिबार २०:५३