साना किसान विकास बैंकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साना किसान विकास बैंकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने



काठमाडौं । साना किसान विकास बैंकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न १६औं वार्षिक साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

अधिकृत तथा जारी पुँजी १ अर्ब रुपैयाँ पु¥याउन प्रस्ताव पारित गरिएको छ । बैंकले गत असारसम्म ५२ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरी ३८ अर्ब ८५ करोड रुपैयाँ असुली गरेको छ । कात्तिकमा बैंकको लगानीमा रहेको ऋण १४ अर्ब ७४ करोड रुपैयाँ र भाखा नाघेको कर्जा १ प्रतिशतभन्दा कम रहेको छ । बैंकले गत आवमा ३३ करोड ०८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सरकारको ऋण सहयोगमा सञ्चालित पशुपालन कर्जा कार्यक्रमबाट ८३ हजार साना किसानलाई ७ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ ।६८ जिल्लाका ६६३ साझेदार संस्था एवम् १५८ अनुसरण कार्यक्रम मार्फत ७ लाख १५ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारलाई वित्तीय पहुँचमा जोडेको छ । यस कार्यक्रममा ७७ प्रतिशत भन्दाबढी महिला सहभागिता छ ।

प्रकाशित : १ पुष २०७४, शनिबार २०:५७