उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम दुई डिग्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम दुई डिग्री



 

काठमाडौं । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो ।

तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण शनिबार उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘जाडो याममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्चचापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकास सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ, उनले भने ।

केही दिनयता पहाडी भेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आइतबार बिहानदेखि क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : १ पुष २०७४, शनिबार २२:०२