बिमा बजारमा प्रतिष्पर्धाको नाममा विकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिमा बजारमा प्रतिष्पर्धाको नाममा विकृति



काठमाडौं । विज्ञहरुले नेपाली बिमा बजारमा प्रतिष्पर्धाको नाममा अनेकौ विकृति भित्रिएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

विश्वव्यापी रुपमा बिमाका नयाँ प्रविधि र तरिका आईरहेका बेला नेपाली बजारमा प्रतिष्पर्धाको नाममा विकृतिहरु भित्रिएको र ती विकृति विस्तारै संस्थागत हुँदै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

राजधानीमा बिमा समिति र नेपाल वित्तिय संस्था कर्मचारी संघले संयुक्त रुपमा गरेको विमा क्षेत्रको विकास र स्थायित्व विषयक अन्र्तरक्रियामा सहभागी विज्ञले बिमा कम्पनी र बिमित दुवैका लागि बजारमा देखिएका विकृति मुख्य चुनौति रहेको बताए ।

राष्ट्रिय बिमा संस्थानका पुर्व कार्यकारी प्रमुख आश्विनी कुमार ठाकुरले बजार प्रतिस्पर्धा अवसर र चुनौति दुवै भएको भन्दै प्रतिष्पर्धाको रुपमा विभिन्न विकृतिहरु आएका र ती प्रणाली नै बनिसकेको भन्दै चिन्ता व्यक्त गरे ।

राष्ट्रिय बिमा संस्थानका पुर्व कार्यकारी प्रमुख ठाकुरले बिमा समितिले बनाएको लगानी नितिका कारण अर्थतन्त्रको मुल प्रवाह र भुमिकामा बिमा कम्पनिहरु आउन नसकेको बताए । नितिले लगानीको क्षेत्रलाई अध्याधिक सिमित गरेकाले समस्या भएको उनको भनाई थियो ।

कार्यक्रममा अर्थमन्त्रालयका सह सचिव उदयराज सापकोटाले विमाको उपादेयता र लाभका बारेमा जनस्तरसम्म जनचेतना फैलाउनुपर्ने बताए । देशको आर्थिक स्थिति माथि नपुगेन्जेल बिमा बजारको विकास हुन नसक्ने भएपनि बिमाको नया आयाम र योजनामार्फत बजार विस्तार गर्न सकिने बताए ।

कार्यक्रममा सरोकारवालाहरुले बिमा सम्बन्धी नीति निर्देशिकाको प्रभावकारी कार्यान्वयन, बिमा व्यवसाय अभिवृद्धिका लागि राज्यले प्रोत्साहन नीति ल्याउनुपर्ने, लाइसेन्स नीतिमा देखिएको जटिलतालाई सरल बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : २ पुष २०७४, आईतवार १२:०३