ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने



काठमाडाै । नयाँ सरकार गठनको ढिलाईका विषयमा वाम गठबन्धनले पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचनपछि उत्पन्न परिस्थितिका विषयमा धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमार्फत मतदातालाई औपचारिक रूपमा धन्यवाद दिने, राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश र सरकार गठनका विषयमा धारणा सार्वजनिक गर्ने बुझिएको छ । निर्वाचनपछि दुवै पार्टीले आयोजना गर्न लागेको यो पहिलो पत्रकार सम्मेलन हो ।

दुवै दलले राष्ट्रिय सभा विधेयकमा अवरोध खडा गरेर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाइरहेका छन्। कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादीले बहुमतीय प्रक्रियामा जोड दिएका छन् ।

पत्रकार सम्मेलन अाज दिउँसाे ३.०० बजे दरबार मार्गस्थित हाेटल अन्नपूर्णमा हुने छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १२:१३