अोली नेतृत्वमा को बन्लान मन्त्री ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अोली नेतृत्वमा को बन्लान मन्त्री ?



काठमाडाै । बाम गठबन्धनको सरकार बन्ने पक्कापक्कि भएसंगै नेकपा माओवादी केन्द्रमा भने मन्त्री बन्नेहरुको प्रतिस्पर्धा तिब्र बनेको छ। निर्वाचनमा अपेक्षा गरे भन्दा राम्रो नतिजा ल्याएको माओवादी केन्द्रमा कनिष्ठदेखि वरिष्ट नेतासम्म मन्त्रि बन्ने दौडमा लागेका छन।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्त्वमा बन्ने सरकारमा क्षमतावानलाई मात्र मन्त्री बनाउने सोचमा रहेको उनि निकट व्यक्तिहरुले बताएका छन। माओवादी बर्षमान पुन नेतृत्त्वमा सरकारमा जाने सम्भावना उच्च रहेको स्रोतको भनाई छ। ‘बिश्वासपात्र मानिएका पुनको नेतृत्त्वमा नै माओवादी सरकारमा जान्छ’ स्रोतको भनाई छ।

यद्दपी माओवादीका नेता टोपबहादुर रायमाझी र जनार्दन शर्माले समेत पार्टीको नेतृत्त्व गर्दै सरकारमा जाने इच्छा ब्यक्त गरेको बताइएको छ। ‘कसको नेतृत्त्वमा माओवादी सरकारमा जान्छ भन्ने निश्चित पछि होला, तर सरकारमा पुन, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव र शक्ति बस्नेत मन्त्री बन्ने करिब पक्काजस्तै छ’ स्रोतले बताएको छ।

यस पटक कृष्ण बहादुर महराले मन्त्रि बन्ने रहर नगरेको स्रोतको दाबि छ। महराले सभामुख बन्ने चाहना अनुरुप मन्त्रि बन्न नचाहेको स्रोतको भनाई छ। नुवाकोट–१ बाट पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गरेका नेता हितबहादुर तामाङ र युवा नेता अमनलाल मोदी पनि मन्त्रीको पाइपलाइनमा रहेको बताइएको छ। माओवादीले १० वटा मन्त्रालय पाउने भएकाले १० मन्त्रि छान्न प्रचण्डलाई सहज नभएको बताइएको छ।

प्रकाशित : २ पुष २०७४, आईतवार १२:१८