नेरुडे लघुवित्तको ११ औं साधारणसभा पुस २९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेरुडे लघुवित्तको ११ औं साधारणसभा पुस २९ गते



काठमाडौं । नेरुडे लघुवित्त (Nerude Laghubita Bikas Bank Limited) ले आगामी पुस २९ गते ११ औं साधारणसभा बोलाएको छ । कम्पनीले सो सभामा १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ ।

 

पुस २९ गते बिहान ११ बजे उद्योग संगठन मोरङ्गको सभाहलमा बस्ने उक्त सभाले अधिकृत पूँजी ६० करोड कायम गर्ने, लेखापरिक्षक नियुक्ति, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक समिति सदस्यको नियुक्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट चुक्तापूँजीको १३ प्रतिशत (३ करोड ९७ लाख ८० हजार रुपैयाँ) बोनस तथा ७ दशमलव ६८ प्रतिशत (२ करोड ३५ लाख १३ हजार) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १२:३१