कालिका माइक्रोक्रेडिटले कति दिने भो बोनश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कालिका माइक्रोक्रेडिटले कति दिने भो बोनश ?



काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड (Kalika Microcredit Development Bank Ltd.) ले २१ द्यशमलव २१२१ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको मंसिर २९ मा बसेको सञ्चालक समितिको १४० औं बैठकले चुक्तापूँजीको २१.२१२१ प्रतिशतले हुन आउने १ करोड ७५ लाख रुपैयाँको बोनस शेयर र कर प्रयोजनका लागि ९ लाख २१ हजार ६५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १३:०८