सिंहदरबारबाटै कसरी चोरीयो टोयटा हाइलक्स गाडीका चारवटै टायर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिंहदरबारबाटै कसरी चोरीयो टोयटा हाइलक्स गाडीका चारवटै टायर ?



काठमाडौं । भीभीअार्इपी र भीअार्इपी बस्ने ठाउँ हाे सिंहदरबार । सिंहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ तर यहि सुरक्षित ठाउँबाट गाडीको टायर चोरी भएको छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै साे गाडी पार्किङ गरेका थिए । तरआइतबार गाडीका चार वटै टायर चोरी भएको् भेटिएकाे छ ।

 

सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि धेरै अचम्मित परेका छन् । गाडी पार्किङ गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।

 

तस्वीर, पत्रकार राेजी पराजुलीकाे फेसबूकबाट र नविन सन्देशअनलाइनबाट साभार

प्रकाशित : २ पुष २०७४, आईतवार १३:१७