कामचलाउ सरकारले जनताको जनादेशलाई रोक्ने दुसप्रयास गर्योः नेम्वाङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामचलाउ सरकारले जनताको जनादेशलाई रोक्ने दुसप्रयास गर्योः नेम्वाङ



झापा । पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्वाङले कामचलाउ सरकारले जनताको जनादेशलाई रोक्ने दुसप्रयास गरेको आरोप लगाएका छन् ।

झापाको दमकमा आयोजित पत्रकार भेटघाटमा नेम्वाङले राष्ट्रियसभा अध्यादेशका नाममा बखेडा झिकेर कामचलाउ सकारले जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खाजेको आरोप लगाए ।

नेम्वाङले तत्काल नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे । उनले सहमतिका साथ अघि बढको राष्ट्रियसभा विधेयक संसद चलेको बेलामा नल्याउने तर वाम गठबन्धन बनेपछि हारिने डरले छल गरेर पूर्व सहमति विपरित अध्यादेशमार्फत संविधानमै नभएको एकल संक्रमणीय प्रणाली ल्याउन खोज्ने काम भएको टिप्पणी गरे । अहिले ल्याएको

नेम्वाङले भने ‘संविधानमा सामान्य बहुमत भनि उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनि जिद्दी कस्नु निर्वाचन परिणामबाट हतास मनस्थिति भयो ।’ कांग्रेसले आफ्नो संख्या बढाउन यस्तो बखेडा झिकेको पनि उनले आरोप लगाए ।

प्रकाशित : २ पुष २०७४, आईतवार १३:३२