१२ अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारीमा राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१२ अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारीमा राष्ट्र बैंक



काठमाडौं  । नेपाल राष्ट्र बैंकले १२ अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोल पुस ३ गते सोमवार हुने भएको छ । बिलको वितरण भने पुस ४ गते हुनेछ ।

राष्ट्र बैंकले २८ दिने अवधिका लागि २ अर्ब ७५ करोड, ९१ दिने अवधिको ८ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिने अवधिको १ अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

 

जसअनुसार २८ दिने अवधिको ट्रेजरी बिल आगामी माघ २ गते , ९१ दिने अवधिको ट्रेजरी बिल आगामी चैत ६ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७५ पुस ३ गते परिपक्व हुनेछ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १४:१३