सुर्याेदय लघुवित्तको साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुर्याेदय लघुवित्तको साधारण सभा कहिले ?



काठमाडौं । सुर्याेदय लघुवित्त वित्तीय संस्थाको संचालक समितिले पौष २२ गते पाँचौं वार्षिक साधारण सभा राख्ने निर्णय गरेको छ । उक्त वार्षिक साधारण सभामा लघुवित्तले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने भएको छ । यस्तै साधारण सभामा बोनस शेयरसंगै चार लाख रुपैयाँ नगद लाभांश समेत दिने निर्णय गरिएको छ ।

लघुवित्तको यस साधारण सभाले संचालकहरुको निर्वाचन समेत गराउने जनाएको छ । यस साधारण सभामा सहभागिता जनाउन र लाभांश सुरक्षित गर्न शेयरलगानीकर्ताहरुले पौष १४ गतेसम्ममा लघुवित्तको शेयर किन्न पर्नेछ । लाभांश प्रयोजनका लागि लघुवित्तले पौष १५ देखी २२ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने भएको छ ।

लघुवित्तले प्रस्ताव गरेको बोनस शेयर पछि चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ पुग्ने छ । यस्तै लघुवित्तले १ बराबर ०.७ कित्ता हकप्रद शेयर निष्कासनको प्रक्रियामा रहेको छ । हकप्रद शेयरको पुँजी करण पछि लघुवित्तको चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ पुग्ने बताइएको छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १५:४७