मिसन डेभलपमेन्ट बैंक २० प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिसन डेभलपमेन्ट बैंक २० प्रतिशत बोनस शेयर दिने



काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आवको नाफाबाट ८ करोड ६५ लाख ४६ हजार ७ सय मूल्य बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

बैंकको बोनस शेयर प्रयोजन प्रस्ताव पारितका लागि पुस २७ गते साधारणसभा समेत डाकिसकेको छ । तसर्थ पुस १६ गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताहरुले बोनस शेयर पाउनेछन् । बैंकले पुस १६ गतेदेखि २७ गतेसम्मको लागि शेयरधनी पुस्तिका बन्द रहने जनाएको छ ।

प्रकाशित : ३ पुष २०७४, सोमबार ११:३३