इष्टर्न हाइड्रोपावरको आईपीओ कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इष्टर्न हाइड्रोपावरको आईपीओ कहिले ?



काठमाडौं  । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको निर्णय गर्नका लागि कम्पनीले पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

भोजपुरमा ५ मेगावाटको पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरेको कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको हो । शेयर निष्कासन सम्बन्धी प्रस्ताव साधारणसभाले अनुमोदन गरेपछि एकवर्ष भित्र शेयर निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

भोजपुरको पिखुवाखोलामा निर्माणाधीन यो आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । आउँदो असारसम्म निमार्णको कार्य सम्पन्न गरी बिजुली उत्पादन गर्ने कम्पनीको तयारी छ ।

प्रकाशित : ३ पुष २०७४, सोमबार १५:१९