मोबाइलबाट फिलिम खिच्नुस पुरस्कार जित्नस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मोबाइलबाट फिलिम खिच्नुस पुरस्कार जित्नस्



काठमाडाै । सर्वनाम थिएटरले मोबाइल फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ। राजधानीको कालिकास्थानस्थित थिएटरमा ‘दृश्यांश’को दोस्रो संस्करण घोषणा गरिएको हो। ‘दृश्यांश’को निर्णायकमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह, र दिपक रौनियार र सुशील पौडेल निर्णायक रहेका छन्।

प्रतियोगिताबारे जानकारी दिँदै ‘दृश्यांश’की संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधिका कारण खुम्चिएका युवा पुस्तालाई यो प्रतियोगिताले मुलधारमा ल्याउन सहयोग गर्ने बताइन्। ‘मोबाइल फिल्म प्रतियोगिता’ नेपालमा नयाँ सुनिए पनि विश्वमा यस्ता प्रकारका महोत्सव धेरै हुने जानकारी दिँदै उनले पहिलो संस्करणमा करिब ४ सय चलचित्र आएको र उत्साहजनक सहभागिता रहेकाले दोस्रो संस्करण गर्न हौसिएको बताइन्।

निर्देशक निश्चल बस्नेतले कुनैबेला आफूले फिल्म बनाउने सोच्दा प्लेटफर्म नपाएको र धेरै भौंतारिनुपरेको सम्झिए। तितो अनुभव सुनाउँदै उनले यस्ता प्रतियोगिताले फिल्म बनाउन चाहने तर प्रविधिको कारण उजागर हुन नपाएका प्रतिभालाई मूलधारमा ल्याउने विश्वास व्यक्त गरे।

अभिनाश विक्रम शाहले पनि पहिलेको ‘दृश्यांश’ अनुभव सुनाउँदै त्यो बेला पनि उत्कृष्ट फिल्म आएको बताए।

आफ्नो लागि नयाँ अनुभव भएको बताउँदै अर्का निर्णायक सुशील पौडेलले मोबाइलबाट फिल्म बनाउने प्रतियोगीलाई अवसर र चुनौती दुवै भएको भनाइ राखे।

प्रकाशित : ३ पुष २०७४, सोमबार १८:०३