आईजीआईकले ८० प्रतिशत हकप्रद निष्कासन गर्ने , बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईजीआईकले ८० प्रतिशत हकप्रद निष्कासन गर्ने , बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १० बराबर ८ को अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन गर्न ग्लोवल आइएमई क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

एनबि इन्स्योरेन्सको नामसहित शेयर कारोबार संकेत पनि फेरीयोनियुक्ति सम्बन्धमा सोमबार इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालबीच संझौतापत्रमा हस्ताक्षर भएको छ ।

कम्पनीले चुक्तापूँजी वृद्धिका लागि हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनले ८० प्रतिशत हकपद शेयरको बिक्रीपश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी ९७ करोड २० लाख रुपैयाँ पुग्ने र त्यसपश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी १ अर्ब २ करोड ६ लाख पु¥याउने गरी पूंजी वृद्धि योजना बीमा समितिमा पेश गरिएको पनि जानकारी दिए ।

प्रकाशित : ३ पुष २०७४, सोमबार १८:२१