एनआइसी एसियाले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने, कहिले दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसियाले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने, कहिले दिने अावेदन ?



काठमाडाै । एनआइसी एसियाले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारि गर्न लागेको हो।

बैंकले पुष १३ देखि १७ सम्मका लागि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारि गर्ने जनाएको छ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

बैंकले पुष १३ देखि निष्काशन गर्न लागेको ‘एनआईसी एशिया डिबेन्चर २०८१-८२’ का लागि ७ कार्य दिन राखेर पुष ४ देखि लागू हुनेगरि सुचना जारि गरेको छ।

बैंकले निष्काशन गर्ने अनुमति पाएको ३० लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा जारि गर्नेछ भने बाँकी २४ लाख कित्ता ऋणपत्र आफ्नै पहलमा अन्य संघ संस्थालार्इ बिक्री गर्नेछ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको अवधि ७ बर्षको रहेको छ। बैंकले ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने जनाएको छ। उक्त ऋणपत्र दोस्रो बजारमा समेत खरिद बिक्रि हुनेछ।

प्रकाशित : ४ पुष २०७४, मंगलवार १०:५२