कर्णाली डेभलपमेन्ट बैंक हकप्रद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्णाली डेभलपमेन्ट बैंक हकप्रद कति ?



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ बराबर २.२५ का दरले हकप्रद शेयर निष्कासन गर्नेछ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद शेयर जारी गर्दैछ । बैंकको गत आषाढ ३ गते बसेको विशेष साधारण सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको हो ।

यस बैंकको हकप्रद शेयर पुँजीकरण पछिको चुक्ता पुँजी ४९ करोड ७ लाख रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : ४ पुष २०७४, मंगलवार ११:३०