नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि दरखास्त माग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि दरखास्त माग्यो



काठमाडौं । नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि दरखास्त आब्हान गरेको छ । मंगलबारको गोरखापत्रमा नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जग्गी अड्डाले सार्बजनिक सुचना जारी गर्दै १५० जनाका लागि नयाँ जागिरको अवसर दिन लागेको हो ।

 

विज्ञापना नम्बर २०७४/०७५–२६ मा महिलाका लागि १३ , आदिबासी जनजातीका लागि २२ , मधेसीका लागि १९ , दलित १० र पिछडिएको क्षेत्रबाट ३ र खुल्लामा ८३ जना गरी १५० जनाका लागि दराखस्त आब्हान गरेको हो ।

दराखस्त दिनका लागि २०७४ पुस ३ गते देखि माघ १० गतेसम्मका लागि मिति निर्धारण गरीएको छ । भर्ना शुल्क एकहजार तोकिएको छ ।

इच्छुक ब्यक्ति प्रमाणपत्र तह उत्तिर्ण गरेकोले १८ बर्ष उमेर पुरा भइ २१ ननाघेको र स्नातक उत्तिर्णले १८ देखि २४ बर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ । बहालवालाले पनि प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।

अन्य सम्पूर्ण जानकारी पुस ४ गते मंगलबारको गोरखापत्र वा जग्गी अड्डाको वेभसाइटमा हेर्न सकिने छ ।

प्रकाशित : ४ पुष २०७४, मंगलवार ११:३७