ख्याल गर्नुस् सेयर कारोबार गर्दा यी कुरामा विचार पुर्याउनु भएको छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ख्याल गर्नुस् सेयर कारोबार गर्दा यी कुरामा विचार पुर्याउनु भएको छ ?



सेयर लगानी गर्दा नाफा, निष्क्रिय कर्जा र पुँजी बाहेक अन्य सुचकहरु पनि नियाल्नु पर्ने हुन्छ । पिई रेसियो, पीबी रेसियो एवं प्रतिसेयर आम्दानी पनि लगानी गर्नुपूर्व नियाल्नुपर्ने महत्वपूर्ण वित्तीय सूचक हो । अर्थशास्त्रीहरुका अनुसार पिई रेसियो ५ भन्दा तल हुँदा लगानी गर्न राम्रो मानिन्छ । पिई रेसियो १० सम्म आकर्षक मानिन्छ भने १० देखि १५ सम्म मध्यम मानिन्छ ।

१५ देखि २० प्रतिशत लगानीयुक्त मानिन्छ भने २० भन्दा माथि जोखिमयुक्त मानिन्छ । बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरी पिई रेसियो निकाल्न सकिन्छ । सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानी उच्च भएका बैंक तथा वित्तीय संस्था भन्दा सेयर मूल्य कम तर प्रतिसेयर आम्दानी भने उच्च भएका बैंकहरुमा लगानी गर्न उपयुक्त हुन्छ । त्यस्तै, पिबी रेसियो ५ भन्दा तल भएका कम्पनीमा सेयर लगानी गर्न निकै राम्रो हुन्छ । तर लगानी गर्दा पीबी र पीई रेसियो मात्रै नभई संस्थाको पर्फमेन्स र इक्वीटीको ‘ब्लुचिप’ पनि हेर्नुपर्दछ । कम्पनीको कार्यप्रदर्शन, वृद्धिदर, कम्पनीको प्रतिष्ठाजस्ता कुराहरु पनि लगानीका महत्वपुर्ण आधारहरु हुन् ।अर्थतन्त्र अनलाईनबाट

प्रकाशित : ५ पुष २०७४, बुधबार १२:२४