ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने तपाईका लागि राहतको खबर छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने तपाईका लागि राहतको खबर छ



यदि तपाई ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने तपाईका लागि राहतको खबर छ । वैज्ञानिकहरुले एउटा यस्तो स्मार्ट मेकानिकल अन्डरवेयर विकसित गरेका छन्, त्यसको प्रयोग ढाड दुख्ने समस्यामा कमी आउनेछ । यो अन्डरवेयरले ढाडको तल्लो भागको मांसपेशीहरुलाई कस्ने र पीडा कम गर्न सहयोग पुराउनेछ ।

अमेरिकाको भैंडरबिल्ट युनिभर्सिटीका इन्जिनियरहरुले बायोमेकानिक्स र वेयरएबल प्रविधिबाट यो अण्डरवेयर तयार पारेका हुन् । वेयरएबल प्रविधि स्मार्ट इलेक्ट्रोनिक यन्त्र हो, जसलाई शरीरमा लगाउन सकिन्छ । वेयरएबल यन्त्रमा कपडाका दुई भाग हुन्छन् जसको प्रयोग छाती र खुट्टाका लागि गरिन्छ । यो कपडा नाइलन कैनवास, लाइक्रा, पोलस्टिर र अन्य किसिमका कपडाबाट बनेको हुन्छ । दुबै भागलाई कम्मरमा बलियोसँग पट्टीले जोडिएको हुन्छ र कम्मरको तल्लो भागमा प्राकृतिक रबडको टुक्रा हुन्छ ।

यो यन्त्र यसरी बनाइएको छ कि व्यक्तिलाई जतिबेला आवश्यक पर्दछ त्यतिबेला यसको प्रयोग गर्न सकिन्छ । यो यन्त्रलाई ऐपबाट पनि नियन्त्रित गर्न सकिन्छ, जुन शोकर्ताहरुकै टिमले बनाएको हो । यसका साथै यसलाई ब्लुटुथको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो प्रविधिको उद्देश्य ढाड दुख्ने समस्याबाट पीडितको उपचार गर्नुभन्दा पनि कम्मरको तल्लो भागको मांसपेशीमा हुने खिचाव र मोटोपानलाई कम गरेर पीडा रोक्नु हो । एजेन्सी

प्रकाशित : ५ पुष २०७४, बुधबार १७:१६