यी देशमा सबैभन्दा बढी यौन ब्यापार हुन्छ ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी देशमा सबैभन्दा बढी यौन ब्यापार हुन्छ !



एजेन्सी । देहव्यापार संसारकै सबैभन्दा पुरानो ब्यापार मानिन्छ ।

संसारमा हुने देहब्यापारबारे एक संस्थाले अनौठा विवरण सार्वजनिक गरेको छ । हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोधपछि प्रकाशित रिपोर्टमा संसारका सबैभन्दा बढि हुने देशका बारे अनौठा तथ्यहरु बाहिर आएका हुन् ।

रिपोर्टका अनुसार सबैभन्दा बढी देहव्यापार हुने देशहरु यस्ता छन् ।

१.चीन
संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देश हो । चीनमा वर्षेनी ७३ मिलियन डलरको देहब्यापार हुन्छ। तर रमाइलो कुरा के भने चीनमा देह ब्यापार अवैध मानिन्छ ।

२.स्पेन
शोध अनुसार संसारमा सबैभन्दा बढी देहब्यापार गर्ने देशको सूचीमा दोश्रो नम्बरमा स्पेन छ । स्पेनमा वर्षेनी करिब २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ ।

३.जापान
जापान संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देशको तेश्रो नम्बरमा छ । जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ । जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ ।

४.जर्मनी
यो संस्थाको शोध अनुसार चौथो ठूलो यौन ब्यापार भएको देशमा जर्मनी पर्छ । जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ । जर्मनीमा वर्षेनी १८ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।

५.दक्षिण कोरिया
विश्वमा सबैभन्दा बढी देह ब्यापार हुने देशको टप फाइभको अन्तिम सूचीमा दक्षिण कोरिया छ । यहाँ वर्षेनी १२ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।

६.अमेरिका
विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि देहब्यापारमा अगाडी छ। अमेरिकामा वर्षेनी १४ दशमलव ६ अर्व डलर बराबरको देहब्यापार हुन्छ । अमेरिकामा देह ब्यापारलाई कानूनी मान्यता छ ।

७. भारत
देह ब्यापार हुने देशमा छिमेकी देश भारत पनि अग्र स्थानमै छ । यो संस्थाको सूचीमा भारत ७ नम्बरमा परेको छ । भारतमा वर्षेनी ८ दशमलव २ अर्व डलर बराबरको देहब्यापार हुन्छ । स्मरण रहोस् भारतमा ठूलो संख्यामा नेपाली चेलीहरु यौन ब्यापारमा संलग्न रहेको बताइन्छ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार २२:४७