प्रिमियर इन्स्योरेन्सले एफपीओ अाउदै, कहाँबाट दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिमियर इन्स्योरेन्सले एफपीओ अाउदै, कहाँबाट दिने अावेदन ?



काठमाडाै । प्रिमियर इन्स्योरेन्सले पुष १६ देखि प्रिमियममा थप नयाँ साधारण शेयर (एफपीओ) बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गर्न लागेको हो।

कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गर्न लागेको हो। कम्पनी शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

इच्छुकले पुष १६ देखि पुष ७ सम्म आबेदन दिन सक्नेछन। प्रिमियर इन्स्योरेन्सको एफपीओ मा लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात ७ हजार ९९० रुपैयाँ बराबरको शेयर र अधिकतम ३००० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन सक्नेछन।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल, प्रिमियर इन्स्योरेन्स कम्पनी, नारायाणचौर नक्साल, काठमाडौंबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन।

प्रकाशित : ६ पुष २०७४, बिहीबार ११:१५