रुरल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रुरल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं। रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

रुरल माइक्रोफाइनान्सको पुस २८ मा हुने वार्षिक साधारणसभाको लागि भालोबाट शेयरधनी पुस्तिका बन्द हुने छ । तसर्थ आजसम्म शेयर किन्न लगानीकर्ताले कम्पनीको असोज २० गते बसेको ३०२औं सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश पाउने छन् ।

कम्पनीले ३ करोड ४६ लाख ६ हजार रुपैयाँ बराबरको बेनस शेयर र १० करोड ३८ लाख १८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण प्रस्ताव साधारणसभाले पारित गर्ने छ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार ११:४६