कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पायो



काठमाडौ । नेपाल धितोपत्र बोर्डले कर्णाली विकास बैंक लिमिटेडलाई १:२.२५ अर्थात २२५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको छ । सय रुपियाँप्रति कित्तामा बैंकले ३३ लाख ९७ हजार युनिट हकप्रद सेयर ३३ करोड ९७ लाख मुल्यमा आफ्ना सेयरधनीहरुलाई विक्री गर्न लागेको हो । प्रभु क्यापिटल लिमिटेड यसको विक्री प्रवन्धक रहेको छ ।

बैंकको गएको २०७४ असार ३ गते बसेको बिशेष साधारण सभाबाट उक्त दरमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारीत गरेको थियो । बैंकको हालको चुक्ता पूँजी १५ करोड १० लाख छ भने हकप्रद जारी भएपछी ४९ करोड ७ लाखबढी पुग्नेछ । बैंकले यस आवको पहिलो त्रैमासमा एक करोड ६९ लाखको खुद नोक्सान देखिएको छ । बैंकको अन्तिम सेयर कारोबार मूल्य २६५ रुपियाँ रहेको छ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १२:२२