प्रभु मनि ट्रान्सफर र युएर्इ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु मनि ट्रान्सफर र युएर्इ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । प्रभु मनि ट्रान्सफर र युएर्इ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । यो सम्झौतापछि युएर्इ एक्सचेन्ज अन्तर्गत रहेको फ्लयास रेमिट्यान्स कम्पनीको कुनै पनि शाखाबाट रकम पठाउन सहज हुनेछ ।

कम्पनीका अनुसार फ्लयासबाट पठाएको रकम प्रभुका सात हजार भन्दा धेरै एजेन्टबाट भूक्तानी लिन सकिनेछ।कम्पनीले नेपालमा पठाएको पैसामा कुनैपनि सर्भिस चार्ज नकाटिने र पूरै पैसा पाउने बताएको छ ।

राष्ट्र बैंकको स्वीकृत प्राप्त रेमिट्यान्स कार्डमार्फत पैसा पठाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेमिटेन्स कार्डमार्फत प्रभु बैंकको १ सय २६ वटा एटिएम र चाँडैनै एससिटीको ८ सय भन्दा बढी एटीएमबाट रकम निकाल्न सकिनेछ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १२:३०