प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर आउने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर आउने पक्का



काठमाडौ । प्रभु बैंक को ४० प्रतिशत हकप्रद शेयर आउने निश्चित भएको छ । बैंकको हकप्रद निष्काशन प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले बिहीबार निष्काशन अनुमति दिएको हो ।

प्रभुले अब १० बराबर ४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ । उक्त ४० प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १३:३४