कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्योः निधी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्योः निधी



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री विमलेन्द्र निधिले मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दावी गरेका छन् ।

नेता निधिले निर्वाचनपछि मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको बताए । उनले कम्युनिष्ट साम्यवादीहरु प्रजातन्त्रवादी हुनै नसक्ने तर्क समेत गरे ।

वामपन्थी गठबन्धनले दुई तिहाई बहुमतका साथ सरकार गठन गर्ने तयारी गरिरहेका बेला कांग्रेस नेता निधिले कम्युनिष्टहरु अधिनायकवादी तानाशाही हुने भन्दै त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए । बिहीबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि वाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दावी गरे ।

कांग्रेस नेता निधिले लोकतन्त्रमाथि आइपर्ने खतराको डटेर मुकाविला गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १४:२४