५० करोड रुपैयाँ लगानीमा टायर उद्योग खुल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

५० करोड रुपैयाँ लगानीमा टायर उद्योग खुल्दै



मोरङ । विशाल ग्रुपले ५० करोड रुपैयाँ लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा उक्त उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुने बताइएको छ ।

उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगबाट पहिला ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिने विशाल ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उद्योगले तत्काल वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ । ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताए । उद्योगमा पाँच वर्षभित्रै लगानी विस्तार गरेर दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने उनको भनाइ छ ।

विशाल समूहका निर्देशक अनुज अग्रवालले आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको बताए । टायर उद्योगले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १४:२८