नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता छैनः अोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता छैनः अोली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नभएको बताएका थिए।
काठमाडौंबाट विजयी वाम गठबन्धनका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा एमालेका अध्यक्ष ओलीले आफूहरुलाई जनताको साथले यहाँसम्म ल्याएको बताए।

 


उनले भने, ‘जनताले नै हामीलाई जिताएका हुन्।’ कार्यक्रममा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पुरानो शैलीले देश नचल्ने भन्दै सरकार चलाउन मात्र नभएर पार्टी एक बनाउन पनि वाम गठबन्धनलाई जनमत दिइएको बताए। उनले प्रतिपक्षमा बस्न पनि केही ठाउँमा अरुलाई जिताउनुपर्ने बताए।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १४:५४