कृषि विकास बैंकमा अनियमितताः अवकाशप्राप्त अधिकृत सलिल रेग्मीलाई पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैंकमा अनियमितताः अवकाशप्राप्त अधिकृत सलिल रेग्मीलाई पक्राउ



काठमाडौ । कृषि विकास बैंकमा भएको करिब ५ करोड अनियमितता प्रकरणमा सघाएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बैंकका एक पूर्वकर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ। व्यूरोले बुद्यबार बैंकको अवकाशप्राप्त अधिकृत सलिल रेग्मीलाई पक्राउ गरेको जानकारी दिएको हो ।

बैंकको घोटालामा सलिलको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको सिआईबीका एसपी जीवक कुमार श्रेष्ठले जानकारी दिए । उनी बैंकको इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखामा काम गर्दा अनियमिततामा घोटालाका प्रमुख योजनाकार दिपिका रेग्मीलाई सहयोग गरेको सिआईबीले जनाएको छ।

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको घटनाको सिआईबीले अनुसन्धान गरिरहेको छ । दिपिकासहित प्रहरीले न्यूरोड शाखाका निमित्त शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इसिसी विभागका प्रमुख गोपाल गिरी, कर्जा शाखाका प्रमुख विनिता मरहठ्ठा तथा पियन रमेश थापालाई सिआईबीले यसअघि नै पक्राउ गरिसकेको छ । त्यस्तै सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १५:४३