दलाल संघको टोलीलाई अोलीले भने नयाँ सरकार अाएसी पुँजी बजारकाे अातंक बन्द हुन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दलाल संघको टोलीलाई अोलीले भने नयाँ सरकार अाएसी पुँजी बजारकाे अातंक बन्द हुन्छ



काठमाडाै । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुँजी बजार तहसनहस हुन्छ भनेर नियोजित ढंगले शेयर बजारलाई ओरालो लगाइएको बताएका छन् । आगामी सरकार गठन भएपछि पुंजी बजारको आतंक समाप्त भएर व्यवस्थित ढंगले अगाडि बढाइने ओलीले बताएका छन् ।

बधाइ दिन पुगेका नेपाल धितोपत्र दलाल संघको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने बताएका छन् । ‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्’ ओलीले भने ‘तर हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।’

ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप लगाएका छन् । ओलीले धितोपत्र दलाल व्यावसायी संघ सञ्चालकहरुलाई भने ‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धमल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १७:०६