गेलुङ खोला जलविद्युत आयोजनाको अाइपीअो अाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गेलुङ खोला जलविद्युत आयोजनाको अाइपीअो अाउदै



काठमाडौं । गेलुङ खोला जलविद्युत आयोजनाको साधारणसभा पुस २७ गते हुने भएको छ । कम्पनीको उक्त साधारणमा सर्वसाधरणका लागि शेयर जारी गर्ने प्रस्ताव पेश हुने भएको छ ।

आगामी जेठदेखि उत्पादन थाल्ने लक्ष्यकासाथ निर्माणकार्य अन्तीम चरणमा पुगेको उक्त आयोजनको साधारणसभाले आर्थिक वर्ष ०७३र७४को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदनबारे छलफल तथा स्वीकृत गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोकमा निर्माणधिन यो आयोजनाबाट ३.२ मेगावाट विद्युत उत्पादन हुने छ । आयोजनाको निर्माण २०७१ देखि सुरु गरिएको भए पनि भूकम्पका कारण केही ढिलाइ भएको थियो ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १८:०७