ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा लसुनेमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा लसुनेमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले ५६ औँ शाखारहित बैंकिङ्ग सेवा तेह्रथुमको लालीगुरासँ नगरपालिका ७, लसुनेमा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङ्गले संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन गरे ।

तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका ७, लसुनेमा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन श्रेष्ठ
लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १८:१७