नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा दिन रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा दिन रोक



काठमाडाै । नेपाल राष्ट्र बैंकले गाडी बिक्रेता नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा दिन रोक लगाएको छ। राष्ट्र बैंकले बिहिबार एक बिज्ञप्ती जारि गर्दै नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा दिन बन्द गरेको जानकारी गराएको हो।

नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन लिने कार्य स्थगन गरिएको राष्ट्र बैंकद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। राष्ट्र बैंकले २०७० सालमा सवारी साधनमा दिइने कर्जालाई सरलीकृतगर्न सवारी साधन बिक्री गर्ने कम्पनीहरुले सहायक कम्पनी खोलेर हायर पर्चेज कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो।

हायर पर्चेजमा थप कडाई र व्यवस्थित बनाउन तत्काल नयाँ आवेदन बन्द गरिएको राष्ट्र बैंकको भनाई छ। यस अघि आधा दर्जन बढी कम्पनीहरुले राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा प्रवाह सुविधा लिएका छन।

गत बर्ष फागुनमा वित्तीय क्षेत्रमा तरलता अभाब भएसंगै राष्ट्र बैंकले अटो लोनको सिमा ५० प्रतिशतमा झारेको थियो। तर अटो व्यवसायी र बैंकहरुको आग्रहमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत त्यस्तो सिमा बढाएर ६५ प्रतिशत बनाएको हो।

केहि दिन यता बैंकहरुले निक्षेप तान्न धमाधम ब्याजदर बढाउन थालेपछी गत बर्षकै माघ फागुनमा देखिएको समस्या दोहोरिने आशंका गरिएको छ। बैंकिङ प्रणालीमा तरलता अभाब भएकै बेला गाडी खरिदमा कडाई गर्न राष्ट्र बैंकले ल्याएको यस प्रकारको व्यवस्थालाई महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार १३:३३