जाडाे लाग्यो माछा खानुस् , यस्ता छन फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जाडाे लाग्यो माछा खानुस् , यस्ता छन फाइदा



माछा प्रायःसबैलाई मन पर्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागी राम्रो मानिन्छ । हाम्रो मुटु, मष्तिष्कलाई आवश्यक हुने तत्व माछामा पाइने विविध वैज्ञानीकहरुको अनुसन्धानबाट पत्ता लागिसकेका छन् । कुनैपनि कुराको राम्रो संगै नराम्रो पक्ष पनि हुन्छन् त्यसतै यसको पनि नकारात्मक पक्ष पनि छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रा असरहरु पार्छन् ।

माछामा प्रसस्तै प्रोटिन र भिटामिन –डी पाइन्छ जसले हाम्रो शरीरका मांसपेसीको वुद्धी र विकास गर्छ तथापी त्यहि प्रोटिन बढि भएमा हानिकारक हुन सक्छ । माछामा धातु पारो पनि पाइने भएकाले गर्भवती महिला र नवजात शीशुलाई हानिकारक हुनसक्छ ।

माछाको के –के फाइदा र बेफाइदा छ त ? थाहा पाउनुस् :
मुटु : माछाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २ देखि ३ पटक सम्म माछा सेवन गर्छन् उनीहरुलाई हृदयघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रेशन : छा मा ओमेगा ३ फैटी एसिडको पाइने भयकोले डिपे्रशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ ।

दम : माछाको सेवनबाट दम कम हुने गरेको एक अनुसन्धानबाट प्रस्ट हुन्छ । अनुसन्धानको अनुसार माछाको सेवन धेरै गर्ने मानिसमा दमको समस्या कम पाइने गरेको छ ।

आँखाको दृष्टि : माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा : स्माछाको सेवनले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार १४:२१