व्यापारीले इन्धनको कृत्रिम अभाव गराउन खोजेपछि सरकारले अनुगमन तीव्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

व्यापारीले इन्धनको कृत्रिम अभाव गराउन खोजेपछि सरकारले अनुगमन तीव्र



oil nigamकाठमाडौं । इन्धनको नियमित आपूर्ति भएपनि केही व्यापारीले कृत्रिम अभाव गराउन खोजेपछि सरकारले अनुगमन तीव्र पारेको छ । केही निजी पम्प र डिलरले इन्धन नभएको भन्दै बिक्री रोकेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुमगनलाई सशक्त पारेको जनाएको छ ।

बजारमा आपूर्ति भैसकेको इन्धन बिक्री नगर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने विभागका निर्देशक हरिनारायण बेल्वासेले जानकारी दिनुभयो । तराईका जिल्लामा लगातारजसो बन्द भएको भन्दै केही व्यापारीले कृत्रिम अभाव गराएपछि पहिलेको तुलनामा अहिले इन्धनको आपूर्ति असहज भएको छ ।

आपूर्ति नियमित भैरहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । सरकारले आवश्यकता भन्दा बढी इन्धन खरिद नगर्न आग्रह पनि गरेको छ ।

प्रकाशित : १० भाद्र २०७२, बिहीबार ०३:२९