शुक्रबार कुन कुन कम्पनीको सेयर मुल्य समायाेजन भए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शुक्रबार कुन कुन कम्पनीको सेयर मुल्य समायाेजन भए ?



काठमाडौं । शुक्रबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, मुक्तिनाथ विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

रुरल माइक्रोफाइनान्सको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१२ रुपैयाँ रहेको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको पनि २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५५ रुपैयाँ रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो ।

त्यसैगरी, सिभिल लघुवित्तको पनि ४.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार १४:५६