प्रमुख पाँच दल बैठक निष्कर्ष विहिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रमुख पाँच दल बैठक निष्कर्ष विहिन



काठमाडाै । राजनीतिक गतिरोध अन्त्य गर्नको लागि सहमतिको प्रयास स्वरुप प्रधानमन्त्री शेर बहुदर देउवाले डाकेको ५ राष्ट्रिय दलको बैठक सकिएको छ ।

बैठकमा ठोस निष्कर्ष आउँन सकेन । बैठकमा कांग्रेसले राष्ट्रिय सभा विधेयक पास गर्न सहयाेगका लागि दलहरुलाई अाग्रह गरेको थियो । जवाफमा एमाले-माअाेवादीले विधेयक फिर्ता लिएर सहमति जुटाउन सरकारलाई अाग्रह गरेको छ। छलफललाई जारी राख्दै सहमतिकाे प्रयास गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा शेरबहादुर देउवा, केपी अाेली, प्रचण्ड, माधव नेपाल, सुवास नेम्वाङ, बिमलेन्द्र निधि, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, उपेन्द्र यादव र महन्त ठाकुर सहभागी थिए ।

प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका ५ दलको बैठक डाकेका हुन् । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेसबीच मतभेद देखिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई छलफलको लागि डाकेका हुन् ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार १५:१६