आरएसडिसी लघुवित्तको शेयर लिलाम कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरएसडिसी लघुवित्तको शेयर लिलाम कहिले ?



काठमाडाै । अारएसडिसी लघुवित्त वित्तीय संस्थाले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले पुष ११ देखि पुष १८ गते सम्मका लागि १ लाख ९५ हजार ७०७ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

लघुवित्तले लिलाममा राखेको शेयरमा ९३ हजार २७ कित्ता शेयर साधारणतर्फको शेयर छ भने संस्थापकतर्फ १ लाख २ हजार ६८० कित्ता शेयर छ। लघुवित्तले असोज २ देखि कात्तिक २० सम्म १ बराबर २ कित्ता शेयर अर्थात २०० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले पुष ११ देखि लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं र नेपाल इन्भेष्टमेन्ट र आरएसडिसी लघुवित्तका तोकिएका शाखा कार्यालयमा पुष १८ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ।

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईबिएल क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१२४५२४६१७२३५०१८ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।

प्रकाशित : ८ पुष २०७४, शनिबार १४:४४