किन बढदैछ यौन व्यवशाय ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

किन बढदैछ यौन व्यवशाय ?



यौन व्यवसायलाई पर्यटन व्यवसायको मुख्य आधारका रूपमा लिइन्छ त्यहाँ । यौन व्यवसायलाई कानुनी मान्यता प्रदान गरेका देशहरूका लागि त यो मनोरञ्जनका साथै राजस्वको राम्रै स्रोत बनेको छ । हाम्रो देशमा यो व्यवसायलाई राज्यले कानुनी मान्यता दिएको छैन । तर यसको अर्थ यो व्यवसाय छैन भन्ने होइन । यो व्यवसायले कानुनी मान्यता नपाएपछि दिनप्रतिदिन फस्टाइरहेको छ । यसमा सयौं होइन हजारौ युवायुवती संलग्न छन् । राजधानीका तारे होटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यो व्यवसाय व्याप्त छ । राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् ।

किन बढ्दैछन त यौनकर्मी महिला ?

नेपालमा ६ बर्षमा किन बढे त महिला यौनकर्मी ? यसको उत्तर ठ्याक्के सहज छैन । यौनकर्मी महिलाको अधिकारर रक्षाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका महिला पढेलेखेका छैनन् । उनीहरुमध्ये अधिकांश जिवन निर्वाह गर्न पुग्ने रोजगारी नपाएर यो क्षेत्रमा आएका हुन । रहरले यो पेसामा आएका महिला भए पनि त्यो संख्या निकै कम र त्यो अदृश्य छ । जिवन निवार्ह गर्न पुग्ने रोजगारी नपाएरै यो व्यवसायमा महिलाको संख्या बढेको ढकालको बुझाई छ । यसका अलावा महिलामाथि हुने यौन हिंसा, घरेलु हिंसा र अन्य हिंसा सहन नसकी सबैबाट तिरस्कृत भए पछि बाच्नका लागि मात्र भएपनि यो पेसामा आएका महिला बढी छन् । पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको पाइएको छ । शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाईका लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि कलेज अध्ययनरत केटीहरु यो व्यवसायमा आउने गरेको विजया सुनाउछिन । उनी भन्छिन, ‘राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । ’

आफ्नो श्रीमानबाट यौन सन्तुष्ट नहुने महिलाको संख्या पनि उल्लेख्य रहेको पाइन्छ । व्यापार व्यवसायमा बढी व्यस्त रहने, श्रीमतीलाई समय दिन नसक्ने, बाहिरको महिलासंग बढी हिमचिम गर्ने अधिकांश पुरुषका पत्नी कुनै न कुनै रुपले यौन व्यवसायमा लागेको पाइन्छ ।
धेरैजसो यौनकर्मीले बालबच्चालाई आफ्नो पेसा लुकाउछन् । उनीहरूलाई राम्रो स्कुल, कलेज पढाइरहेका छन् । आफ्ना अनुहार उनीहरूमा देखिरहेका हुन्छन् ।

यौनकर्मी महिलाको संख्या ह्वात्तै बढ्नु स्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ । एचआईभी र एड्सको जोखिममा रहेका समूहमध्ये महिला यौनकर्मी पहिलो नम्बरमा आउछन । जानेर होस वा नजानेर होस र कहिले काही बाध्यताबस समेत उनीहरु असुरक्षित यौन सम्पर्कको अवस्थाामा पुग्ने गरेका छन् । धेरैलाई असुरक्षित यौन सम्पर्कका कारण यौनरोगका साथै एचआईभी संक्रमण हुने थाहा भए पनि उनीहरुका ग्राहकले कण्डम लगाउन नमान्ने प्रवृतिले उनीहरु उच्च जोखिममा रहेका हुन्छन । यौनकर्मी महिलाको संख्या बढ्नु भएको एचआईभी संक्रमणको जोखिम बढ्नु हो । त्यसैले सरकारले यो समूहसम्म एचआईभी जनचेतना जस्ता कार्यक्रम लैजानु पर्छ ।

अनिश्चित गर्भपतन, बलात्कार, यौनदुव्यवहार लगायतका घटना पनि उनीहरुमाथि बढी हुने गरेको छ ।सरकारले एचआईभी र यौनकर्मी महिलासंग गरिदै आएको दोहोरो चरित्र देखाउनु हुदैन । एकातिर एचआईभी संक्रमण रोक्न भनेर सरकारी निकाय स्वास्थ्य मन्त्रालयले महिला यौनकर्मीलाई सुरक्षित यौन सम्पर्कका लागि कण्डम बाढ्दै हिड्ने र अर्को निकाय गृह मन्त्रालय मातहतका प्रहरीले कण्डम बोकेकै निहूमा यौनकर्मीलाई पक्रने गर्नु बन्द गर्नु पर्छ । यौनकर्मी महिलामाझ परिवार नियोजनका कार्यक्रम बिस्तार गर्नु पर्छ ।

उनीहरुले सहज रुपमा परिवार नियोजन सेवा उपलब्ध गराउनु पर्छ । नेपाल परिवार नियोजनले उनीहरुको पहूच बढाउन प्रयास गरिरहेको भए पनि त्यो प्रयाप्त हुन सकेको छैन । यसमा सरकारले सहयोग गर्नु पर्छ । संविधानले नै हरेक महिलालाई प्रजनन् तथा स्वास्थ्यका अधिकार प्रदान गरेको छ । त्यसका् ग्यारंटी सरकारले गर्नु पर्छ ।

स्वास्थ्य सेवासम्म पहूच नभएकाले अधिकांश यौनकर्मि आफ्ना स्वास्थ्य समस्या लुकाएर राख्ने गरेका छन । किनकी यौनकर्मि भएको थाहा पाए पछि भर्ना गरिएको विरामीको समेत उपचार हुने अवस्था छैन । अधिकांश यौन व्यवासायी आफ्नो पेसा परिवर्तन गर्न चाहन्छन् तर उनीहरुका सामुन्ने उचित विकल्प छैन् । सानोतिनो सिलाई, बुनाई, कटाईको तामिल गरेर सुरु गर्ने व्यवसायबाट त हातमुख जोर्न पनि सकिदैन । अनी उनीहरु त्यही पेसामा फर्कन बाध्य छन् । सरकारले साच्चिकै यौनकर्मी महिलालाई यो पेसाको विकल्प दिने हो भने उनीहरुको जिविकोपार्जन हुने किसिमको रोजागारीको प्रवन्ध गर्नु पर्छ । नत्र गरेको जस्तो देखाएर नाम मात्रका सिपमूलक तालिमले यो पेसामा लाग्ने महिलाको संख्या घट्दैन ।हेल्थ टुडेको सहयोगमा

प्रकाशित : ८ पुष २०७४, शनिबार १५:५३