१० वर्षभित्र जलविद्युत् क्षेत्रमा ८ अर्ब लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१० वर्षभित्र जलविद्युत् क्षेत्रमा ८ अर्ब लगानी



काठमाडौं । आगामी १० वर्षभित्र निर्माण गरिने झन्डै २ सय जलविद्युत् आयोजनामा लागि झन्डै ८ अर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ । कारोबारमा समाचार छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आउँदो १० वर्षमा १ सय ८० जलविद्युत् आयोजना निर्माण हुने उल्लेख छ । जसअनुसार १० वर्षभित्र ११ हजार ३ सय ९३ मेगावाट जलविद्युत क्षमता पुग्ने भन्दै प्रतिवेदनमा त्यसका लागि ४ खर्ब १ अर्ब स्वदेशी तथा ३ खर्ब ९० अर्ब रुपैयाँ विदेशी लगानी आवश्यक रहेको औंल्याइएको छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार ०६:०२