२३ वर्षसम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेस अब ५ वर्षसम्म सत्ता बाहिर ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२३ वर्षसम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेस अब ५ वर्षसम्म सत्ता बाहिर !



काठमाडाै । २०४८ पछि करिब २३ वर्षसम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले यो पटक केन्द्रीय सरकारदेखि प्रदेश सरकारमा समेत कम्तिमा पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने भएको छ ।

समानुपातिकमा एमालेकै हाराहारीमा सिट प्राप्त गरेको कांग्रेसले देशका ७ वटै प्रदेशमा सरकार बनाउन नसक्ने भएको छ । कांग्रेसको प्रदेश सभामा समानुपातिकतर्फ एमालेको भन्दा ३ सिट मात्र कम छ । निर्वाचन आयोगले सार्वजनिक गरेका तथ्याङ्कको आधारमा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ सिट जितेको छ । समानुपातिकमा ७ वटै प्रदेशमा एमाले र कांग्रेसको सिट हाराहारीमै छ ।

 

सबै प्रदेशमा प्रतिपक्षी

एमाले भन्दा ३ वटा मात्र कम सिट जितेको कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन हैसियत भने बनाउन सकेको छैन । प्रत्यक्षतर्फ सम्मानजनक सीट नजितेका कारण पाँच वर्षको लागि प्रदेश सरकारबाट कांग्रेसले हात धुने भएको हो ।

समानुपातिकमा सबैभन्दा बढी सिट÷भोट ल्याएको प्रदेश नम्बर २ र ७ समेत प्रत्यक्ष नतिजाका कारण कांग्रेस कमजोर बनेको हो । समानुपातिकमा कांग्रेस भन्दा २ सिट मात्र कम पाएको एमालेले प्रदेश नम्बर १ र ३ मा एकल सरकार बनाउने अवस्थामा छन् ।

प्रदेश एकमा तेस्रो

प्रदेश १ मा समानुपातिकमा एमालेले १५ र कांग्रेसले १३ सिट जितेको छ । उता प्रत्यक्षमा एमालेले ३६ सिट जित्दा कांग्रेसले ८ सिट मात्रै जितेको छ । यो प्रदेशमा प्रत्यक्षमा ५६ र समानुपातिकमा ३७ सिट गरी कुल ९३ सिट छ ।

प्रदेश १ मा माओवादीले प्रत्यक्षमा १० र समानुपातिकमा ५ सिट जितेको छ । समानुपातिकमा फोरमले २, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १-१ सिट जितेको छ । प्रत्यक्षमा प्रदेश १ मा फोरमले १ सिट जितेको छ ।

प्रदेश २ मा एमाले प्रमुख प्रतिपक्षी

समानुपातिकमा धेरै सिट जितेको कांग्रेस प्रतिपक्ष समेत नुहने प्रदेश २ मा समानुपातिकतर्फ धेरै सिट जितेको कांग्रेसले प्रतिपक्षको भूमिका समेत नपाउने भएको छ । समानुपातिकमा कांग्रेसले सबैभन्दा धेरै भोट ल्याएर ११ सिट हात पारेको छ । तर प्रत्यक्षमा ८ मात्र जितेको छ ।

यो प्रदेशमा मधेसवादी दलको स्पष्ट बहुमत छ । प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ गरी १०७ सिटमा संघीय समाजवादी फोरम र राजपाको मिलाउँदा ५४ सिट हुन्छ, यो प्रदेश सभाको बहुमत हो । फोरमले प्रत्यक्षमा २० र समानुपातिकमा ९ सिट जितेको छ भने राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० सिट हात पारेको छ ।

मधेसवादी दलको सरकारमा बनेमा एमाले प्रतिपक्ष हुने छ । एमालेले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ सिट जितेको छ । कांगेसको १९ सिट हँुदा एमालेको २१ सिट हुन्छ । उता माओवादीले प्रत्यक्षमा ६ र समानुपातिकमा ५ सिट जितेको छ । प्रत्यक्षमा स्वतन्त्र १ सिट जितेको प्रदेश २ मा समानुपातिकमा संघीय समाजवादी पार्टीले १ सिट जितेको छ ।

प्रदेश ३ मा पनि कम्जोर

प्रदेश ३ मा समानुपातिकमा एमालेले १६, कांग्रेसले १४ सिट जितेको छ तर प्रत्यक्षमा एमालेले ४२ सिट जित्दा कांग्रेसले ७ सिट मात्र जितेको छ । प्रत्यक्षमा ६६ र समानुपातिकमा ४४ गरी ११० सिट रहेको यो प्रदेशमा एमालेले ५८ सिट प्राप्त गरी एकल बहुमत ल्याएको छ भने कांग्रेसको कुल २१ सिट मात्र भएको छ ।

माओवादी केन्द्रको प्रत्यक्षमा १५ र समानुपातिकमा ८ सिट गरी २३ सिट भएको छ । यो प्रदेशमा समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३, राप्रपा(प्रजातान्त्रिक), नेपाल मजदुर किसान पार्टी, राप्रपाले १÷१ सिट जितेका छन् । प्रदेश ३ मा प्रत्यक्षमा नयाँ शक्ति र नेमकिपाले १÷१ सिट जितेको छ ।

चारमा कांग्रेस दोस्रो

प्रदेश ४ मा समानुपातिकतर्फ कांग्रेसको एमाले भन्दा १ सिट मात्रै कम छ । एमालेले १० सिट जितेको छ भने कांग्रेसले ९ सिट जितेको छ । उता प्रत्यक्षतर्फ एमालेले १७ सिट जित्दा कांग्रेसले ७ सिट मात्रै जितेको छ । प्रत्यक्षमा ३६ र समानुपातिकमा २४ गरी ६० सिट रहेको प्रदेश ४ मा एमालेको २७ सिट हुँदा कांग्रेसको १६ सिट मात्रै भएको छ ।

उता माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ सिट गरी १२ सिट जितेको छ । प्रदेश ४ मा भने कांग्रेसले दोस्रो पार्टी भएको छ । एमाले र माओवादी गरी प्रदेश ३ मा दुई तिहाई हुन्छ । समानुपातिकमा प्रदेश ४ मा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १÷१ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा जनमोर्चाले २, नयाँ शक्तिले १ र स्वतन्त्र १ सिट जितेको छ ।

प्रदेश ५ मा वामकै बहुमत

कुल ७ सिट रहेको प्रदेश ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत हुन्छ । समानुपातिकतर्फ प्रदेशको कुल ३५ सिटमा एमालेले १३, कांग्रेसले १२ सिट जितेको छ । माओवादी केन्द्रले ६, फोरमले २, राजपा र जनमोर्चाले १÷१सिट जितेको छ । कुल ५२ सिट रहेको प्रत्यक्षतर्फ एमालेले २, कांग्रेसले ७, माओवादीले १४, फोरमले ३ सिट जितेको छ ।

यो प्रदेशमा एमालेले कुल सिट ४१ जितेको छ, कांग्रेसले १९, माओवादीले २०, फोरमले ५, राजपा र जनमोर्चाको १÷१ सिट जितेका छन् । प्रदेश ५ समेत वामगठबन्धनको दुई तिहाई हुन्छ ।

६ मा एमाले नै निर्णायक

कुल ४० सिट रहेको प्रदेश ६ मा एमालेले मात्रै २० सिट जितेको छ । एमालेको बहुमत नपुगेपनि एमालेबिनाको सरकार नै नबन्ने अवस्था प्रदेश ६ मा छ । समानुपातिकमा एमालेले ६, कांग्रेसले ५ , माओवादीले ४ र राप्रपाले १ सिट हात पारेका छन् भने प्रत्यक्षको २४ सिटमा एमालेले १४, माओवादीले ८ र कांग्रेसले १ जितेको छ ।

सातमा पनि वामको बहुमत

कुल ५३ सिट रहेको प्रदेश ७ मा समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा मत ल्यायो तर उसले एमालेकै बराबरी सिट प्राप्त गरेको छ । समानुपातिकमा कांग्रेसले १२ एमालेले १३ सिट जितेका छन् । माओवादीले ४ र राजपाले १ सिट जितेका छन् ।

प्रत्यक्षतर्फको ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिट जितेको छ । प्रदेश ७ पनि वाम गठबन्धनकै सरकार बन्ने निश्चित भएको छ । यो पटकको चुनावी नतिजा वाम गटबन्धनको पक्षमा गएपछि केन्द्रीय सरकार र प्रदेश सरकारमा कांग्रेस ५ वर्षका लागिसत्ता बाहिर बस्नु पर्ने भएको छ । अन्नपुर्णपोस्टमा खबर छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार ११:०५