युनाइटेड फाइनान्सको हकप्रद रद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाइटेड फाइनान्सको हकप्रद रद्ध



काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन नगर्ने भएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८० करोड रुपैयाँ पुगिसकेको बताउदै थप २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  यस अघिको निर्णय रद्ध गर्न लागेको जानकारीमा अाएको छ ।

फाइनान्स गत वर्ष सम्पन्न २२ औं साधारणसभाले चुक्तापुँजी बढाउन १३ लाख ४५ हजार ४१० कित्ता हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको पुस २९ गते बस्ने २३ औं साधारणसभामा हकप्रद सेयर निष्कासन रद्ध गर्ने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार ११:२८