४ दशमलव ९५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४ दशमलव ९५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेको बन्द भएको छ। आज नेप्स ४ दशमलव ९५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १६१ कम्पनीको १४ लाख ५७ हजार ४ सय २० कित्ता सेयरबाट ५५ करोड ९५ लाख ८२ हजार ८ सय ४० रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ३६ दशमलव ७८ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह १५ दशमलव ८४ अंकले, उतपादनमुलक समुह १३ दशमलव १२ अंकले, अन्य समुह ८ दशमलव १ अंकले, होटल समुह ९ दशमलव ५३ अंकले, जलविधुत समुह ३ दशमलव ९१ अंकले, लघुवित्त समुह ३ दशमलव ३५ अंकले, ट्रेडिड. समुह २ दशमलव ७१ अंकले र बैँक समुह २ दशमलव १३ अंकले ओरालो लागेको छ ।
आइतबार फाइनान्स समुह भने उकालो लागेको छ। आज फाइनान्स समुह० दशमलव ३४ अंकले उकालो लागेको छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार १५:२९