घट्दै छ रेमिट्यान्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

घट्दै छ रेमिट्यान्स



काठमाडाै । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिना अर्थात कात्तिक सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले कमी आएको छ । चालु आर्थिक बर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जून गत आर्थक बर्षको तुलनामा चार अर्ब कम हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.३ प्रतिशतले घटी रु. २६४ अर्ब ५७ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६.७ प्रतिशतले बढेको थियो ।

कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम घटेको राष्ट्र बैंकको भनाई छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

रेमिटेन्स आय घटेका कारण शोधनान्तर बचत न्यून देखिएको छ। शोधानान्तर बचत मात्रै २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत बर्ष करिव शोधान्तर २२ अर्ब बचतमा रहेको थियो ।

चालु खाता २५ अर्बले घाटामा छ भने व्यापार घाटा ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार कात्तिकसम्ममा ११ खर्ब ५ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ ।

त्यस्तै, असोजको तुलनामा कात्तिकमा मूल्य वृद्धि बढेर ३.९ प्रतिशत पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । मदिरा र तरकारीको भाउ बढ्दा समग्र मूल्य वृद्धि भइको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार १८:४०